Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

मौद्रिक नीतिले शेयर बजार प्रभावित हुन सक्ने

civilbank long ad

काठमाडौं । शेयर बजारको यो साताको अन्तिम कारोबार दिन असार २४ गते बिहीबार बजार झन्डै २४ अंकले बढेको छ । लगातार घटेको बजारमा बिहीबारको बढाइले अब असार मसान्तको प्रभाव करिब–करिब सकिएको विश्लेषकहरुले बताइरहेको छन तर शेयर बजार आगामी साता झनै महत्वपूर्ण हुन सक्छ ।

यो आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुआत भएकोले बैंक तथा वित्तीय क्षेत्रको ढुकुटीमा के–कति तरलता छ र ब्याजदर के होला ? भन्नेजस्ता विषय महत्वपूर्ण छन् ।

अघिल्लो साता र यो साता घनिभूत रुपमा भएको बहसपछि अब आउँदो साताभित्र सर्वोच्च अदालतबाट केही आदेश आउन सक्छ। तर, यसले सेयर बजारलाई त्यति ठूलो प्रभाव नपार्ने देखिन्छ ।

त्यसैले लगानीकर्ताले खासै चिन्ता लिनु नपर्ने बजार ज्ञाताहरुको तर्क छ। यदि अप्रत्याशित परिणाम आए बजारमा केही दिन सामान्य प्रभाव पर्न सक्छ। किनकि सेयर बजारमा राजनीतिले सामान्यमात्रै प्रभाव पार्न सक्छ।

आगामी साता साउन १ गते शुक्रबार परेको छ। सम्भवतः नेपाल राष्ट्र बैंकले यही दिन मौद्रिक नीति ल्याउन सक्छ। यसले बजारलाई कस्तो असर पर्ला भनेर अहिले सबैले गर्ने भनेको अनुमानमात्रै हो ।

तर,नेपाल राष्ट्र बैंकले बजारमा अस्थिरता पैदा हुने गरी कुनै पनि नीति तथा नियम ल्याउन सक्दैन। किनकि बाहिरी जनजीवन अझै सामान्य भइसकेको छैन। बजारबाट पैसा अन्य क्षेत्रमा नगइसकेकोले पनि सेयर बजार चलयमान नै हुन्छ। सरकारलाई अहिले सबैभन्दा धेरै राजस्व सेयर बजारबाटै प्राप्त भइरहेकोले यो क्षेत्र चलायमान नै बनाउन सक्छ।

साउन १ गतेबाट अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशतले पुँजीगत लाभकर तिर्नुपर्ने हुनाले केही अल्पकालीन लगानीकर्ताले आउने साता नाफा बुक गर्न पनि सक्छन्। किनकि यो महिनासम्म ५ प्रतिशत पुँजीगत लाभकर तिरे पुग्छ। यसको प्रभाव के–कस्तो पर्छ, त्यो हेर्न आवश्यक छ। पुँजीगत लाभकरकै कारण ठूलो सेलिङ प्रेसर नआउन पनि सक्छ।

चालू आर्थिक वर्षको असार महिना अन्तिम महिना भएकोले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अवस्था कस्तो रहन्छ र ब्याजदर तथा आधार दरमा केही परिवर्तन हुन सक्ला वा नहोला, त्यो लगानीकर्ताले चनाखो भएर बुझ्न र अध्ययन गर्न आवश्यक छ।

आगामी साता नेपाल धितोपत्र बोर्डले आफ्नो नीति तथा कार्यक्रम पनि ल्याउन लागेको छ। बोर्डले पहिल्यै ल्याएको ४ वर्षे रणनीतिक योजना अन्तर्गत कै कार्यक्रम नै आउने भनेको छ। तर, अहिले धितोपत्र बोर्डलाई चौतर्फी दबाब भएकोले कुनै बोल्ड डिसिजन पनि नीति तथा कार्यक्रमबाटै हुन सक्छ। त्यसैले लगानीकर्ता चनाखो हुन आवश्यक छ।

लगातार बजार घटेकोले कुन सेक्टर र कम्पनीको सेयरभाउ बढी घट्यो तथा अब कुन सेक्टरमा लगानीकर्ताको आकर्षण होला रु र कुन सेक्टरबाट निस्कने रु बिदाको समयमा पर्याप्त अध्ययन गर्न आवश्यक छ। अनिमात्रै बजार पस्ने वा निस्कने योजना तथा रणनीति तय गर्न उपयुक्त हुन्छ।


२५ असार २०७८, शुक्रवार १६:५७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad