Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

civilbank long ad

काठमाडौं । आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु हुँदैछ । भेरोसेल खोपको पहिलो डोज लगाइ सकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो ।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।

उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भए अनुसार दोस्रो खोप दिन लागिएको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो ।

यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने छन् ।

एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने छन् ।

पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेकासमेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको डा. शर्माले बताउनुभयो । दोस्रो डोजको लागि काठमाण्डौ उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएको छ ।

आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौं महानगरभित्र १३ वटा र अरु पालिकामा दुई–दुई ठाउँमा खोप केन्द्र तोकिएको छ ।

भक्तपुर भने ३८ वटा ठाउँमा खोप केन्द्र छन् । ललितपुरमा पालिकालाई खोप वितरणको मिति र केन्द्र तोक्ने जिम्मा दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ । खोप लगाउनका लागि पहिलो डोज लगाएको कार्ड अनिवार्य छ ।

खोप केन्द्रको यस्तो छ लिस्ट।

भेरोसेल खोपको दोस्रो डोज आजबाट दिइदै (खाेप केन्द्रकाे सुचीसहित)


२२ असार २०७८, मंगलवार ०७:५५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad