citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

निषेधाज्ञा काठमाडौं उपत्यकामा फेरि थप्ने तयारी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं  । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ ।

कोरोना भाइरसको सङ्क्रमण सोचेअनुसार नघटेको भन्दै निषेधाज्ञा फेरि थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार अब थपिने निषेधाज्ञामा सबै खालका सार्वजनिक गाडीलाई चलाउन दिने कि नदिने भन्नेबारे छलफल हुने छ ।

त्यसका लागि दिउँसो ३ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बस्दैछ । यसअघि थप गरिएको निषेधाज्ञामा २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक गाडीलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिइएको थियो ।

त्यही अनुसार अहिले २५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक गाडी चलिरहेका छन् । यस्तै, अहिले सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ ।

himalayan life insurance
igi long