stcnepal long ad
global ime bank long

नक्कली नागरिकता बनाउँदै बेच्ने गाविस पूर्वसचिव पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, २५ फागुन २०७६

वीरगन्ज । नक्कली नेपाली नागरिकता बनाउँदै बेच्ने गाविसका पूर्वसचिवलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि नक्कली नागरिकता बनाएर बेच्ने धन्दामा लागेका उनीहरु आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भिस्वाका विन्दा साह हुन् ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले साहलाई उनकै घरबाट पक्राउ गरेको हो । छापा मार्ने क्रममा प्रहरीले उनको घरबाट चार दर्जन भन्दा बढी नक्कली नागरिकता प्रमाणपत्र पनि बरामद गरेको छ । नागरिकता बनाउने कोठामा ताल्चा लगाएर बसेका साहलाई पक्राउ गरेपछि प्रहरीले उक्त कोठाको ताला तोडेको थियो । कोठाभित्र बाक्सादेखि सिरानीसम्म नक्कली नागरिकता, नागरिकता माग गर्ने फारम, फोटो, भारतीय नागरिकता परित्यागका कागजपत्र, जन्मदर्ता र विवाह दर्ताका कागजलगायतका नक्कली कागजाज फेला पारेको प्रहरीले जनाएको छ ।

साहलाई पक्राउ गर्दा उनकै आफ्नै तीन वटा नागरिकता समेत भेटिएको छ । उनले प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले नागरिकता बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

साहसँग अन्य व्यक्ति पनि नक्कली नागरिकता बनाउने गिरोहमा सामेल हुनसक्ने भन्दै प्रहरीले उनीहरुको खोजी गरिराखेको जनाएको छ । साह सचिव हुँदा भ्रष्टाचारमा संलग्न रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको थियो । अख्तियारले दर्ता गरेको मुद्दामा उनी दोषी ठहर भएपछि पाँच महिना जेल पनि बसेका थिए ।

IME Lifesidebar
kumari