stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

चेम्बरले दैनिक २० हजार सर्जिकल मास्क उत्पादन गरेर जम्मा ७–८ रुपियाँ दरले बेच्न थाल्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, २५ फागुन २०७६

काठमाडौ. । नेपाल चेम्बर अफ कमर्सले बजारमा सर्जिकल माक्सको अभाव हुन नदिन भन्दै दैनिक २० हजार यस्ता सामग्रीहरु उत्पादन गरी बजारमा ल्याउने निर्णय गरेको छ ।

चेम्बरले आइतबार एक कार्यक्रमको आयोजना गरी सरकारलाई समेत यस्ता सामग्रीहरु हस्तान्तरण गर्यो । बजारमा माक्सको अभाव भएकाले आफूहरुले मास्क उत्पादन गरी बिक्री सुरु गरेको चेम्बरले जनाएको छ । यस्ता मास्क दैनिक २० हजार बजारमा ल्याउने उसले जनाएको छ ।

यस्ता मास्कलाई उपभोक्ताले जम्मा सात रुपियाँमा प्राप्त गर्न सक्नेछन् । विश्वभर कोरोना भाइरस (कोभिड १९)का भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको त्रास बढेपछि मास्क लगायतका स्वास्थ्य सामग्री र अरु अत्यावश्यक वस्तुको कृतिम अभाव सिर्जना गर्ने काम भइरहेको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा मास्कको अभाव देखिएकोले सामाजिक उत्तरदायित्व निर्वाह गर्न चेम्बरले मास्क उत्पादन गरी सुलभ मूल्यमा बिक्री सुरु गर्ने निर्णय गरिएको बताए ।

चेम्बरका उपाध्यक्ष दीपक मलहोत्राको संयोजकत्वमा गठित उपसमितिले कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा सहयोग गर्न आफूहरु मास्क बजारमा ल्याउने निर्णय गरेको बताए ।

prabhu mahalaxmi
kumari bank
kumari