citizens life insurance long ad
stcnepal long ad
national life

माल्टा र कुवेत पठाइ दिन्छु भन्दै अढाइ करोड ठगी गर्ने पक्राउ

Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, २५ फागुन २०७६

काठमाडौं । नेपाल प्रहरीले माल्टा र कुवेत पठाइ दिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै रु दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता बोगटीले भने । श्रेष्ठले माल्टा जानेसँग ६/६ लाख तथा कुवेत जानेसँग ३/३ लाख उठाइ सकेको प्रहरीले जनाएको छ ।

माल्टामा प्रति महिना एक हजार २०० युरो र कुवेतमा प्रति महिना दुई हजार २०० दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । प्रहरीले पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरीने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ ।  रासस

himalayan life insurance
igi long