stcnepal long ad
global ime bank long

आर्थिक पत्रकारका लागि डाटा माइनिङ सम्बन्धी तालिम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा आयोजना गरेको डाटा माइनिङ सम्बन्धीको एक दिने तालिम सम्पन्न भएको छ । १०३ जना आर्थिक पत्रकारहरु सहभागी उक्त कार्यक्रममा दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थले दूरसञ्चार सम्बन्धी कानुन र दूरसञ्चार क्षेत्रको वर्तमान अबस्थाका बारेमा जानकारी गराएका थिए ।

उक्त तालिममा डाटा माइन्ङि सम्बन्धीको तालिम डाटा विज्ञ शाैरभ पौडेलले डाटाको महत्व, प्रयोग र स्रोतकाबारे प्रशिक्षण दिएका थिए । इनटरनेटमा रहेका सूचनाहरु कसरी खोजि गर्ने र त्यसलाई समाचारको स्रोतका रुपमा उपयोग गर्ने भन्ने विषयमा तालिम केन्द्रित थियो ।

कार्यक्रम सञ्चालन गर्दै नाफिज उपाध्यक्ष इन्द्र बानियाले नाफिजले यस प्रकारका पत्रकारका लागि आवश्यक तालिमहरु उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको जानकारी दिए । नाफिजले पत्रकारहरुको क्षमता अभिवृद्धि र तथ्यापरक सूचना प्राप्तिक लागि हरेक हप्ता साप्ताहिक अन्तरक्रिया समेत आयोजना गर्दै आएको उनले जानकारी गराए ।

कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा सचिव रोयल आचार्यले क्रियाशिल आर्थिक पत्रकारहरुको आवश्यकता र चाहना बमोजिम क्षमता विकासका यस्ता कार्यक्रमहरु नाफिजले नियमित र निरन्तर रुपमा आयोजना गर्ने बताएका छन् ।

नाफिज अध्यक्ष सिताराम भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दूरसञ्चार प्राधिकरणमा सहायक निर्देशक सूर्यप्रसाद लामिछाने र अध्यक्ष भट्टराईले तालिममा सहभागीहरुलाई सर्टिफिकेट वितरण गरेका थिए ।

IME Lifesidebar
kumari