stcnepal long ad
ime life insurance
national life
global ime bank long

ललिता निवास जग्गा प्रकरणमा गच्छदारसहित ७४ जनालाई उपस्थित हुन म्याद जारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले विजय गच्छदार सहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेका १७४ मध्ये ७४ जनालाई मात्रै उपस्थित म्याद जारी गरिएको हो ।

म्याद जारी गरिएकामा गच्छदार सहित अख्तियारले प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त पनि छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात विरुद्ध पनि १५ दिने म्याद जारी गरिएको छ । म्याद जारी भएकाहरुमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण, गैरआवासीय नेपाली संघ, कल्पना तुलाधर लगायत छन् ।

अख्तियारले गत माघ २२ गते काँग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री गच्छदारसहित ११० जना विरुद्ध आरोप पत्र दायर गरेको थियो भने ६५ जनालाई प्रतिवादी बनाइ जग्गा जफत गर्ने निर्णय गरेको थियो ।

IME Lifesidebar
kumari