stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँको आइपीओ रेटिङ गरायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६० लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र बिक्री प्रक्रिया अघि बढ्नेछ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । आइपीओ निष्काशन पछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari