stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइतबारदेखि नर्भिकको ओपिडी पूर्णरुपमा सञ्चालनमा आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपिडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो ।

पछिल्लो समय कोभिड सङ्क्रमण निरन्तर घटिरहेको छ । कोभिड सङ्क्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने कोभिड बाहेकका बिरामीको चाप ह्वात्तै बढेको छ ।

कोभिडका बिरामीको सङ्ख्या घट्नु र कोभिड बाहेकका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता सङ्गठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सञ्चालन गर्ने भएको हो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

आइतबारदेखि नर्भिकमा कोभिडको दोस्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभागअन्तर्गतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने उनले बताए । रासस

IME Lifesidebar
kumari