stcnepal long ad
ime life insurance
national life
global ime bank long

मानवता विरोधी अपराध चीनको सिन्जियाङमा भइरहेको छ : एमनेस्टी इन्टरनेशनल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले चीनले सिन्जियाङमा मानवता विरोधी अपराध गरिरहेको जनाएको छ । उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेको एमनेस्टी इन्टरनेशनलले जनाएको हो ।

एमनेस्टीले निकालेको प्रतिवेदनमा सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेको भन्दै अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घसँग अपिल गरिएको छ ।

चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातनासमेत दिने गरेको एमनेस्टीको आरोप छ ।

चीनलाई केही पश्चिमा देश र मानवअधिकारवादी समूहले सिन्जियाङमा नरसंहार गर्न खोजेको आरोप लगाउँदै आएका छन् । तर, चीनले भने यो आरोपको नियमित खण्डन गर्दै आएको छ ।

IME Lifesidebar
kumari