stcnepal long ad
global ime bank long

पूर्व डीआईजी महेशविक्रम शाह सहितका ४ जना बिरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौँ । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक पूर्व प्रहरी नायब महानिरीक्षक महेश विक्रम शाहसमेत ४ जना बिरुद्ध ३३ लाख ३८ हजार ८४ रुपियाँ अठासी पैसा को भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २०७२ बैशाख २७ गते प्रहरी जवान पदमा नयाँ भर्ना भई मिति २०७२ पुस २२ गते तालिम समापन भएकोमा प्रहरी प्रधान कार्यालयको मिति २०७२ माघ ११ गतेको पत्रले माघ महिनादेखिको तलव/भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा भएकोमा भएको थियो ।

तर उक्त तालिम केन्द्रका समादेशक शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु र लेखा सहायक केशवसिंह ऐरीसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकालेर खाई भ्रष्टाचार गरेको उजुरी माथि छानबीन गर्दा पुष्टी भएको छ ।
प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलव/भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४६८ रुपियाँ र ०७२ साल माघ ३ गतेबाट तलव भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा ०७२ साल माघ १ गतेबाट नै तलव/भत्ता निकाली २ दिनको बढी एक लाख उनन्चास हजार छ सय सोह्र रुपैयाँ अठासी पैसा गरी जम्मा तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा बाँडिचुडी खाएको देखिएको छ ।

अनुसन्धानका क्रममा नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले शाहसहित ४ जनालाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजायको मागदाबी सहित आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले विज्ञप्ति मार्फत जनाएका छन् ।

साथै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, भत्ता तथा कट्टी रकमसमेतको भरपाईमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरेकाले उनलाई समेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

IME Lifesidebar
kumari