stcnepal long ad
global ime bank long

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ सेवा गुल्मीको लिम्घामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौँ । कुमारी बैंक लिमिटेडले सत्यवती–०४, लिम्घा, गुल्मीमा २२औं शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन बैंकका डेपुटी सिइओ उमेशसिंह भण्डारी, भीमलाल पौडेल, चेम्बर ओफ कमर्स प्रदेश नं. ५ का इञ्चार्ज, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवम् व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।
विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १२३ शाखा सञ्जाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

IME Lifesidebar
kumari