stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

प्राइम बैंकको ऋणपत्रले यस्तो पायो रेटिङ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६
काठमाडौं ।  प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउन रेटिङ गराएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ । बैंकले ८ बर्ष अवधिको लागि १ हजार रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत र बाँकी १४ लाख (सामूहिक लगानी कोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।
यसमा १०.५% ब्याजदर तोकिएको छ । बैंकले ऋणपत्र लागि बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङलाई नियुक्त गरेको छ । यता, बैंकले ऋणपत्र निष्कासन गर्न हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।
बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र बिक्रीमा आउने छ ।
prabhu mahalaxmi
kumari bank
kumari