stcnepal long ad
global ime bank long

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विगत सात दशकमा अझै पनि विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि प्रस्तुत गरेका छन् ।

त्यहाँ आशावादको भावना थियो, किनकि कोरियालीहरूलाई खेल परिवर्तन गर्ने यस चुनौतीपूर्ण कार्यको नेतृत्व गर्न प्रोत्साहित गरिएको थियो। अप्रिल २०२१ को अप्रिल महिनाको चौथो सप्ताहमा सम्पन्न उक्त ३ दिवसीय भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलनको सवालमा बिभिन्न दृष्टिकोणहरुमा छलफल भएको थियो।

एशिया प्रशान्त क्षेत्रमा सम्पन्न सम्मेलनको लागि ४५ राष्ट्रका लगभग २०,००० व्यक्तिले दर्ता गरेका थिए। अनुमानित २,५०,००० दर्शकहरूले सम्मेलनलाई सामाजिक मिडिया प्रत्यक्ष प्रसारण मार्फत हेरेका थिए। ८० जना वक्ताहरुमा, नौ पूर्व राष्ट्र प्रमुख सहित, प्रथम महिला र संसदहरूले सम्बोधन गरेका थिए।

अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन २०२१, वा छोटकरीमा आइ एल सि २०२१, युनिभर्सल पीस फेडरेशनले आयोजना गरेको थियो। यूपीएफको स्थापना सन २००५ मा स्वर्गीय रेभ. डा. सुन म्योङ मुन र उहाँकी धर्मपत्नी डा. हाक जा हान मुन (जो अहिले यस विश्व साम्राज्यको नेतृत्व गरिरहनु भएको छ ) द्वारा गरिएको थियो। कार्यक्रमको मुख्य विषय थियो, कोरियाको शान्तिपूर्ण पुनर्मिलनतर्फस् एक एकीकृत विश्वको लागि जग निर्माण ।

एशिया प्रशान्त क्षेत्रमा, आइ एल सि २०२१ अंग्रेजीमा आयोजित गरिएको थियो भने अन्य आठ भाषाहरूमा अनुवाद उपलब्ध थियो। त्यस्तै९३ दिवसीय कार्यक्रम कोरिया, जापान, अमेरिका, युरोप र मध्य पूर्व, अफ्रिका साथै उत्तर र दक्षिण अमेरिकामा आयोजना गरिएको थियो। राम्रा पक्ष र बेफाइदाहरु, चुनौतीहरू अनि अवसरहरू सबै एकै टेबलमा थिए। सभाले निस्चित रुपमा यसमा साहसीक प्रयास गर्दछ , तर यसमा जोखिमभन्दा पनि अवसरहरू धेरै छन्।

अहिलेसम्म अभ्यास नगरिएको आर्थिक बिकासले राष्ट्रिय र क्षेत्रीय समृद्धिलाई गति प्रदान गर्न सम्भव हुनेछ। यसका साथै कोरियाको ऐतिहासिक विभाजनलाई सम्बोधन गर्नु भनेको प्रायद्वीपमा भएको गतिरोध अन्त्य गर्नु हो जसले उत्तरपुर्वी एशिया र विश्वव्यापी रूपमा शान्ति ल्याउनेछ । वक्ताहरूले सकारात्मक विकास अगाडि बढेको देखेका छन।

नौ ओटा सत्रहरु तल उल्लेखित विशेषमा केन्द्रित थिए स् राज्य प्रमुखहरु, संसद सदस्यहरु, प्रथम महिला र महिला नेत्रीहरु, शिक्षाविद्हरु, धार्मिक नेताहरु, व्यापार अधिकारीहरु, मिडिया व्यक्तित्व, संस्कृति र कला। मे ८ मा सम्पन्न हुने समापन सत्रमा थिंक ट्यांक २०२२ु को स्थापनाको लागि निरन्तर ध्यान केन्द्रित हुनेछ, जहाँ सबै सरोकारवालाहरुलाई गहन छलफलका लागि अनुमति दिइनेछ।

IME Lifesidebar
kumari