stcnepal long ad
global ime bank long

एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा जेठ १० गते बोलायो वैशाख २९ गते बुक क्लोज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा जेठ १० बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा दिउसो २ बजेदेखि भिडियो कन्फरेन्स मार्फत सुरु हुनेछ ।

सभामा कम्पनीले ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ८% बोनस र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्न लागेको हो ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ ।

साथै, आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि एभरेष्ट इन्स्योरेन्सले वैशाख २९ गते बुक क्लोज गर्ने भएको छ । वैशाख २८ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari