stcnepal long ad
global ime bank long

जिल्ला प्रशासन कार्यालय काठमाडौँको थप आदेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। जिल्ला प्रशासनका कार्यालय काठमाडौँले वैशाख १६ गतेदेखि लागू हुने गरी थप आदेश जारी गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक सेवामा केही बुँदाहरू थप गरेका हुन् ।

जारी आदेशमा अत्यावश्यक सेवाहरूमा कुरियर तथा डाँक सेवा थप गरिएको छ भने डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्ने भनिएको छ । मृत्यु, संस्कार र बिरामी कुरुवाको रूपमा रूपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त ब्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ ।

त्यस्तै बैङ्क तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरूले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने लगायतका बुँदाहरू समेटिएका छन् ।​

IME Lifesidebar
kumari