stcnepal long ad
global ime bank long

सुरुङ मार्गको काम तीव्र

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।
सुरुङमार्गको पूर्वतर्फ (काठमाडौँ)बाट र पश्चिमतर्फ (धादिङ) बाट सुरुङ खन्ने काम निरन्तर जारी छ । आयोजना स्थलमा दैनिक तीन सिफ्टमा छ सय जना जनशक्ति कार्यरत छन् । जग्गा अधिग्रहण, मुआब्जा वितरण, स्थानीयको अवरोध, भारतबाट विस्फोटक पदार्थ ल्याउनमा भएको ढिलाइलगायतका समस्यालाई समाधान गर्दै बिनाअवरोध सुरुङ निर्माण कार्य अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका वरिष्ठ इन्जिनियर अच्युत भट्टले सुरुङ खन्नेलगायत सम्पूर्ण निर्माण कार्यले तीव्रता पाएको बताउँदै भन्नुभयो, “सुरुङ खन्नु, पहुँच बाटोहरूको निर्माण गर्नु, कल्भर्टलगायतका संरचनाको निर्माण गर्नु बाहेकको अन्य कुनै काम अब बाँकी छैन ।”

उहाँले मुख्य सुरुङमार्गको ११४ मिटर र सहायक सुरुङमार्गको २२९.५ मिटर खन्ने काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर र सहायक सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

उहाँका अनुसार काठमाडौँतर्फ मुख्य सुरुङमार्गको ४९ मिटर र सहायक सुरुङमार्गको १५७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । त्यसैगरी धादिङतर्फ मुख्य सुरुङमार्गको ६५ मिटर र सहायक सुरुङमार्गको ७२.५ मिटर खन्ने काम सम्पन्न भइसकेको छ ।

सुरुङमार्ग करिब १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुँदैछ । निर्माणाधीन सुरुङमार्गमा पेट्रोलियम पदार्थ बोेकेका सवारीसाधन र मोटरसाइकललाई प्रवेश निषेध गरिने छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ खन्ने कामले गति लिँदा अब आयोजना सरासर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सुरुङको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उहाँले अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिसकिने जानकारी दिनुभयो । कुल लम्बाइ २.७ किलोमिटर र चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बीचमा डेढ मिटर चौडाइको ‘मेडियन’ र आधा आधा मिटरको दुईवटा ‘सोल्डर’ निर्माण गरिनेछ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग गरिने छ ।

विभागका महानिर्देशक थापाले निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा परेको सिस्नेखोलालाई अहिले तर्काउने काम भइरहेको बताउँदै भन्नुभयो, ‘‘आठ इन्च वृत्ताकार नाला बनाएर स्थायी रूपमा खोला तर्काउने काम भइरहेको छ । खोला भएको ठाउँमा सुरुङमार्गको नियन्त्रण कक्ष निर्माण गरिने छ ।’’

उपकरण आइपुग्यो
सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने उपकरण नागढुङ्गास्थित आयोजना स्थलसम्म आइपुगेको छ । उहाँका अनुसार जम्बो ड्रिलर, एक्साभेटर, कङ्क्रिट गर्ने प्रेसर मेसिन, ह्विल लोडर, टनेल लाइनिङ गर्ने मेसिनलगायतका करिब चार अर्ब रुपियाँ बराबरका उपकरण जापानबाट नेपाल ल्याइएको हो ।

सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । यसको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० सन् २०१८ मा तयार पारिएको थियो । सन् २०१६ मा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको थियो ।आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari