stcnepal long ad
global ime bank long

स्कुल बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। सरकारले देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार निर्णय गरेको  बताए ।

यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । यससँगै अव विद्यालय तथा शिक्षण संस्थाहरूले भर्चुअल तथा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्नेछ ।

बैठकले पहाडी(हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई–मधेस तथा हकमा ५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ ।

IME Lifesidebar
kumari