stcnepal long ad
global ime bank long

प्राइमको डिबेन्चर रजिष्ट्रार आरबिबी मर्चेन्ट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंकको डिबेन्चर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको लागि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरिएको बैकले जनाएको छ ।

बैंकको डिबेन्चर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत हुने बताइएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

आरबिबीमर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त मर्चेन्ट बैंकिङ हो ।

IME Lifesidebar
kumari