stcnepal long ad
global ime bank long

५ वटा निजी अस्पतालबाट विदेश जानेका लागि परीक्षण मात्रै मान्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानका लागि कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने जिम्मा सबै सरकारी अस्पतालका साथै केवल ५ वटा निजी अस्पताललाई तोकेको छ ।

विदेश जानका लागि अत्यावश्यक पीसीआर रिपोर्ट नक्कली बनाउने कार्य बढेसँगै नियन्त्रणका लागि सरकारले त्यस्तो व्यवस्था गरेको हो ।

सरकारले सबै सरकारी प्रयोगशालाहरुका साथै स्टार हस्पिटल, नेपाल मेडिसिटी अस्पताल, मनमोहन मेमोरियल कलेज एन्ड टिचिङ हस्पिटल, युनिभर्सल कलेज अफ मेडिकल साइसेन्ज एन्ड टिचिङ हस्पिटल र ह्याम्स हस्पिटललाई मात्रै विदेश जानेको पीसीआर परीक्षण गर्ने अनुमति दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक सूचना प्रकाशित गरी विदेश जाने व्यक्तिको पीसीआर परीक्षण सरकारी प्रयोगशाला तथा अस्पतालमा आधारित भएका ‘ए’ वर्गका प्रयोगशालाले मात्र गर्न पाउने निर्णय भएको जनाएको हो ।

सूचनामा विदेश जाने प्रयोजनका लागि पासपोर्ट र भारत यात्रा गर्नेको हकमा पहिचान खुल्ने कागजात परीक्षण गर्न नमूना संकलन गर्ने व्यवस्था प्रयोगशालालाई निर्देशन दिइएको छ ।

अनुमति पाएका सबै प्रयोगशालाले रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड देखिने तथा अनिवार्य आईएमयू अनलाइन प्रणालीबाट अद्यवाधिक हुने व्यवस्था लागू गर्नुपर्छ ।

No description available.

IME Lifesidebar
kumari