stcnepal long ad
global ime bank long

शहरी विकासका इञ्जिनियर र श्री डिस्टिलरीका अध्यक्ष बिरुद्ध ७५ लाखको भ्रष्टाचार मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर सुबास बस्नेत र श्री डिस्टीलरी प्रालिका अध्यक्ष धनेन्द्र कार्की बिरुद्ध ७५ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले आइतबार उनीहरु बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बस्नेतले झापा जिल्लामा सडक ग्रावेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस माग गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा घुस बापतको रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको प्रमाणसहित उनलाई थप अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको थियो । प्रवक्ता कोइरालाका अनुसार अनुसन्धानको सिलसिलामा तबस्नेतले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख हुँदा झापा जिल्लाको गौरीगंज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य सेवाग्राहीमार्फत गराई सो बापत तथा थप काम दिलाउने प्रयोजनार्थ घुस लिएको पुष्टी भएको छ ।
पटक–पटक गरी ३७ लाख ५० हजार रुपियाँ साविक नवलपरासी हाल बर्दघाट सुस्ता पूर्व नवपलपरासी स्थित रहेको डिस्टीलरी प्रा.लि.को बैंक खातामा जम्मा गर्न लगाएको स्पष्ट देखिएको हुँदा उनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले बिगो कायम गरी निज मुद्दा दर्ता गरिएको हो ।

साथै श्री डिस्टीलरी प्रालिका अध्यक्ष धनेन्द्र कार्कीको तत्कालीन सिडिई बस्नेत आफन्त पर्ने र उनको प्रत्यक्ष रुपमा सम्पर्क हुने गरेकोमा कार्कीले श्री डिस्टीलरी प्रा.लि.को बैक खाता नम्बर आफै नपठाई अर्को मानिस.मार्फत पठाएको देखिएको अनुसन्धानबाट खुलेको छ । बस्नेतसँगको मिलेमतोमा कार्कीले योजनाबद्ध रुपमा श्री डिस्टीलरी प्रालिको बैंक खातामा सेवाग्राहीसँग लिएको घुस रकम लुकाई छिपाई आफ्नै हस्ताक्षरबाट चल्ने बैंक खातामा सुरक्षित राखी प्रत्यक्ष रुपमा सहयोग गरेको स्पष्ट देखिएको छ ।

उक्त कार्यले मुख्य आरोपित बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर गर्न कार्कीले सघाउ पुर्याएको देखिएको हुँदा ३७ लाख ५० हजार बिगो कायम गरी सजायको माग दाबी सहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले विज्ञप्ति मार्फत जनाएका छन् ।

IME Lifesidebar
kumari