stcnepal long ad
ime life insurance
national life
global ime bank long

मर्मत सम्भार एक दिन अगाबै सकियो मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् एक दिन अगावै अर्थात आगमी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो ।

मनकामना दर्शन प्रा.लि.ले शनिबार एक सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबारबाटै सञ्चालन माआउने जनाएको हो ।

गत चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पुरा गरे संगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।

सञ्चालक श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत नगरि नहुने सामान फेरिने र दोश्रो चरणमा नयाँ प्रविधिको लागि पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो ।

जस अनुसार केबलकारको लठा परिवर्तन, सञ्चार केबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षा संगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ । अबको २ बर्ष भित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

 

IME Lifesidebar
kumari