राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा निर्वाचित
काठमाडौं । त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
चेम्बरको ७०औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक तथा विज्ञापन व्यवसायी समेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमसको कार्यसमितिमा रहँदै आएका छन् ।

























