इन्धनमा लाग्ने पूर्वाधार कर शतप्रतिशतले वृद्धि

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६
काठमाडौं । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको छ ।
बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।
गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।