stcnepal long ad
global ime bank long

सातै प्रदेशमा अब खल्ती वालेटबाटै खानेपानी बिल भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ । खल्तीले यस हप्ता मात्रै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमाझ सेवा बिस्तार गरी आफ्नो खानेपानी बिल भुक्तानी सेवा सातै वटा प्रदेशमा पुर्याएको हो । अब पूर्वमा झापाको बुधबारेदेखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिनेछ ।

अब ती ठाउँका बासिन्दाहरुले काउन्टरसम्म पुगी लाईन बसेर बिल तिर्ने झन्झट गर्नुपर्ने छैन । उनीहरुले खल्ती एप तथा वेबसाईटमा रहेको खानेपानीको आईकनमा क्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी १ मिनेटमै खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् ।

साथै, डिजिटल प्रविधिसँग अभ्यस्त भैनसकेका र स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सक्नेछन् । डिजिटल भुक्तानी सेवा प्रयोग गर्दा उपभोक्ताको खानेपानी बिल तिर्न काउन्टरसम्म आउजाउ गर्दा लाग्ने समय तथा पैसा बचत हुनेछ ।

खानेपानीको बिल भुक्तानी सेवा विस्तारका बारेमा बोल्दै खल्तीका मर्चेन्ट एक्विजिसन हेड सचिन उदासले खल्तीको टिम आफ्नो स्थापनाको सुरुवातदेखि नै डिजिटल भुक्तानी प्रविधि मार्फत मानिसको जीवनशैली सहज बनाउनका लागि अनवरत रुपमा क्रियाशील रहेको बताए ।

‘अहिले हामी ३८ जिल्लाका विभिन्न ११३ खानेपानी वितरण संस्थाको बिल भुक्तानी गर्न मिल्ने बनाएका छौँ, हाम्रो लक्ष्य ७७ वटै जिल्लाका सम्पूर्ण खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमा घर बसीबसी बिल तिर्न मिल्ने सुविधा विस्तार गर्नु हो’–उनले भने ।

IME Lifesidebar
kumari