stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लघुवित्तमा कार्यरत कर्मचारीबाटै ६० लाख ७० हजार अनियमितता, बैंकिङ कसुरमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार,१३ फागुन २०७६

मनाङ । एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन् । उनले सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उनी दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिइन् ।
सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेर अनियमितता गरेको जनाइएको छ । रासस

prabhu mahalaxmi
kumari