stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गृह सचिवसँग चेम्बर प्रतिनिधिले भने (‘पहिला थुन्ने अनि सुन्ने नीतिबाट त्रसित छौँ’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको एक प्रतिनिधि मण्डलले गृह सचिव महेश्वर न्यौपानेसँग भेट गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले हालै गृह मन्त्रालयको कार्यभार सम्हालेका गृह सचिव न्यौपानेसँग भेट गरी बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गरेको छ । सो अवसरमा व्यवसायिक शान्ति सुरक्षाको प्रत्याभुति गृह प्रशासनबाट हुने कुरा व्यवसायिहरुले अपेक्षा राखे । माल वस्तुको सहज, सरल र नियमित आपूर्तिको व्यवस्था गर्न वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग रहेको छ । अनुगमनको क्रममा अनाश्यक धरपकड नगर्न समेत अनुरोध गर्दै यसबाट व्यवसायिक वातावरण बिग्रने बताए । औद्योगिक एवम् व्यवसायिक शान्ति सुरक्षाका लागि औद्योगिक क्षेत्र, इन्डस्ट्रियल कल्स्टर आदिमा सशक्तता अपनाउनु पर्छ । ट्राफिक व्यवस्थापनमा निर्यातलाई इमरर्जेन्सी एम्बुलेन्स जस्तो बंगलादेश छ, त्यस्तै प्राथमिकतामा राखिनु पर्छ ।
अध्यक्ष श्रेष्ठले कालो बजारी सम्बन्धी पुराना कानून खारेज गर्नुपर्नेमा जोड दिएका थिए । साथै निजी क्षेत्र शहरी ट्राफिक व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको, विपद व्यवस्थापनमा चेम्बरले सहयोग गरिराखेको र अब विपद व्यवस्थापन प्राधिकरण बनिसके पनि वित्त पोषण जोखिम रणनीति बनाउन चेम्बरले गृह मन्त्रालयसँग सहकार्य गरिरहेको बताए । पहिला थुन्ने अनि सुन्नेबाट नीतिबाट व्यवसायी त्रसित छन् । त्यसैले अनुसन्धान नगरी थुन्ने कार्यले व्यवसायीको शाखमा गिरावट आउने हुँदा यसमा गम्भिरताका साथ बिचार गर्नु अनुरोध गरे ।
अध्यागमनमा हाल भारत जाँदा स्थल मार्गबाट प्रस्थानमा छाप नलगाउने हुँदा साना मझौल र ठूलो सबै उद्यमी व्यवसायिहरुलाई नकरात्मक असर परि व्यवसायिको लागत बढ्ने, अध्यागमन झन्झटिलो भई उद्योग व्यवसायी लगानी प्रवद्र्धनमा नकारात्मक असर पर्ने हुँदा सो व्यवस्था व्यवसायीको हकमा तत्काल खारेजी गरिनु पर्ने सुझाव चेम्बरका अध्यक्ष श्रेष्ठले जनाए ।
गृह सचिव न्यौपानले चेम्बर अफ कमर्सका अध्यक्ष लगायत प्रतिनिधि मण्डलले राखेको प्रस्तावहरुलाई सरकारको तर्फबाट सकारात्मक सोचका साथ अगाडि बढ्ने कुराको विश्वास दिलाउँदै सरकार र निजि क्षेत्रबीच समन्वयनात्मक भूमिका खेल्ने कुरामा विश्वास दिलाए ।

prabhu mahalaxmi
kumari