evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

प्रभु बैंक र देवः विकास बैंकको शेयर संरचना परिवर्तन

Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौँ । प्रभु बैंक र कुमारी बैंकसँग गाभिने प्रकृयामा रहेका देवः विकास बैंकको संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ । साधारण शेयरमा रुपान्तरण भएको ती दुई वित्तीय संस्थाको उक्त शेयर बिहीबार नेपाल स्टक एक्चेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । प्रभु बैंकको ४१ लाख २६ हजार २ सय ६.१३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो । त्यसैगरी देवः विकास बैंकको १ लाख ८५ हजार १९३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो । संस्थापक शेयर सर्वासाधारणमा रुपान्तरणसंगै प्रभु बैंकको शेयर संरचना संस्थापकको ५१ र सर्वधारणको ४९ प्रतिशत भएको छ । त्यसैगरी देवः विकास बैंकमा शेयर संरचना संस्थापकको ५१.५० प्रतिशत र सर्वसाधारणको ४८.५० प्रतिशत भएको छ । प्रभु बैंकको हाल कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ भने देवः को तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

igi long
himalayan life insurance long ad