sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

प्रभु बैंकको एक्टेन्सन काउन्टर टेकुमा सञ्चालन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । प्रभु बैंक लिमिटेडले एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंककोे एक्टेन्सन काउन्टरको उदघाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा.रोशन पोखरेलले गरेका हुन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि आप्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटिएम ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

gold
kumari bank
nawakantipur long