प्रेस काउन्सिलको आज ५१ औ वार्षिकोत्सब २६ पत्रकार पुरस्कृत हुदै
काठमाडौ । प्रेस काउन्सिल नेपालको आज ५१ औं वार्षिकोत्सव हुदैछ । विहान ११ बजे राष्ट्रपति कार्यालयमा दुई जना पत्रकारलाई राष्ट्रपति विधादेवी भण्डारी वाट पुरस्कृत गरिदैछ भने दिउँसो २ बजे नेपाल पत्रकार महासंघको हल संञ्चारग्राममा बाँकी २४ पत्रकारहरूलाई प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाबाट पुरस्कृत गरिदैछ ।
५१औ वार्षिकोत्सबका अवसरमा आज असोज ६ गते पुरस्कृत हुन लाग्नु भएका पत्रकारहरूमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाबाट केन्द्रीय पार्षद, वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ, काठमाडौं शाखाबाट केन्द्रीय पार्षद, वरिष्ठ पत्रकार तथा गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक राजन कार्की, काठमाडौं शाखाका सदस्य तथा सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित, काठमाडौं शाखाका सदस्य तथा नवप्रज्ञापन साहित्यिक पत्रिकाका सम्पादक नवराज रिजाल, रिर्पोटस क्लव नेपालका अध्यक्ष ऋषि धमला, पत्रकार महासंघ बाग्मती प्रदेशका सल्लाहकार गिरीजा अधिकारी, उपत्यका प्रदेशका उपाध्यक्ष माधव पौडेल, पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोरा, पत्रकारिताका सिद्धान्त र व्यवहारका पक्षमा खरो ढंगले आलोचनात्मक चेतबाट कलम चलाउनु हुने माइसंसार डटकमका उमेश श्रेष्ठ लगायत २६ जना छन्।
























