प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त
cy{dGqL /f;;;Fu
sf7df8f}F, @) c;f/ . cy{dGqL 8f= o'j/fh vltj8f /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sf] k|ltlglwnfO{ ljz]if cGtjf{tf{ lbg'x'Fb} . t:jL/M /f]zg ;fksf]6f÷/f;;
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। ‘डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता ज्ञवालीले भने ।
डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् । राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६ महिना गैर सांसदको रुपमा मन्त्री बनेका थिए ।
सरकारले रिक्त राष्ट्रियसभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।























