stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नयाँ नोकिया C3 स्मार्टफोन नेपाली बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नोकिया फोनको उत्पादक एच्.एम.डी. ग्लोवलले नयाँ फीचरहरु भएको स्मार्टफोन नोकिया C3 विश्व बजारमा ल्याएको छ । सोहि अनुरुप नेपालका लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रा.लि.ले नोकिया C3 नेपालमा भित्र्याएको छ ।

५.९९ इन्चको एचडी प्लस स्क्रिन, दिनभर टिक्नेब्याट्री र उच्चस्तरको क्यामेरा क्वालिटी भएको नोकिया C3 एण्ड्रोइड १० स्मार्टफोन हो, जुन धेरै मजबूत छ । यसको एचडी प्लस स्क्रिनमा रहेको उज्यालोपना अनुकूल गर्ने विशेषताले बाहिरी र भित्री जुनसुकै अवस्था पनि उत्कृष्ट प्रदर्शन गर्दछ ।

एण्ड्रोइड १०, अक्टा–कोर प्रोसेसर र फिगंर प्रिन्ट सेन्सर जस्ता आधुनिक प्रविधिले गर्दा यो स्मार्टफोन ग्राहकहरुका लागि पूर्ण रुपमा सहयोगी
सावित हुनेछ । मात्र एक बटन क्लिक वा आवाजको माध्यमबाट यो स्मार्टफोनमा गुगल असिसटेन्ट सहयोग लिन
सकिन्छ, साथै गीत सुन्न र नयाँ समाचार हेर्न सकिन्छ ।

एच्.एम.डी. ग्लोवल प्यान एसिया का चिफ रवि कुवँर भन्नुहुन्छ – “एच.एम.डी. ग्लोवलको मूल उद्धेश्य भनेको
विश्वव्यापी रुपमा स्मार्टफोन प्रयोगकर्ता हरुमाझ सुपथ मूल्यमा थरी थरीका छान्न सकिने उत्पादनहरुका साथमा
सर्वोत्कृष्ट स्मार्टफोन पु¥याउनु हो । नोकिया C सिरिजको नयाँ संस्करण को रुपमा नोकिया C3 जसमा थप
टेक्नोलोजिहरु विल्कुलै नयाँ एण्ड्रोइड १० र पछिल्तिर भएको फिंगर प्रिन्ट सेन्सर जुन सस्तो मूल्यको स्मार्टफोनमा
एकदम राम्रो अप्सन हो, साथै राम्रो क्वालिटीको क्यामरा, लार्ज एचडी प्लस स्क्रीन, लामो समय टिक्ने व्याट्री, अक्टा–
कोर प्रोसेसर र बलियो आकर्षक डिजाइन हरुले गर्दा पक्कै पनि प्रयोगकर्ताहलाई अर्को लेभलको एण्ड्रोइड स्मार्टफोन
को अनुभव गराउने छ ।”
उत्कृष्ट डिस्प्ले तथा विश्वसनीय गुणस्तर सहित दिनभर टिक्ने व्याट्री
विश्वसनीय डिजाइन, दिनभर टिक्ने व्याट्री र ५.९९” एच्डी प्लस स्क्रिनलेप्राय सबैकुरा समेट्द छ र यसले
उज्यालो–अध्याँरोअनुकूल हुने गरी लाइट आफै मिलाउँदछ ।

३०४० एम.एच्.निकाल्न मिल्ने व्याट्रीले दिनभरी उर्जा
दिने भएकोले कार्य सम्पादन क्षमता बढाउँछ । अक्टा–कोर प्रोसेसरले स्पीड र कुशलता दिन्छ, जुन हरेक दिनको
कामलाई आवश्यक पर्दछ । नोकिया C3 मा पोलिकार्वोनेटले बनेको कभरले डिजाइनलाई आकर्षक मात्र नभई
झन बलियो र टिकाउ बनाएको छ ।
विश्वासिलो क्वालिटी को साथमा गुगल असिसटेन्ट
नोकिया C3 को क्यामेराले यादगार क्षणहरु आकर्षक फोटो र भिडियोहरु हाई क्वालिटी मा कैद गर्दछ । यसमा
पछाडितिर ८ एम्.पी. क्यामेरा र एल.इ.डी. फ्लास ले एच.डी.आर. फोटोग्राफी र फूल एच.डी. भिडियो दिन्छ तथा
अगाडिको ५ एमपी क्यामेराले सेल्फि सजिलै खिच्दछ ।

यसमा कैद भएको मनमोहक र स्तरीय विषय वस्तुलाई साथीभाइहरुसँग शेयर वा आफ्नो सामाजिक संजालमा सजिलै हाल्न सकिन्छ । नोकिया C3 मा भएको गुगल असिसटेन्ट बटनले दिनभरीको काम सहज पार्दछ ।  मौसम हेर्न होस्वा तारिख हेर्न सिर्फ एउटा बटन दवाउनुहोस्वा
आफ्नो आवाजबाट तुरुन्तै प्रश्नको जवाफ पाउनुहोस्। यसमा बायोमेट्रिक फिगंरप्रिन्ट सेन्सर पद्धति रहेको छ जसले
गर्दा फोन छिट्टै र सजिलै खोल्न मिल्छ ।

मूल्य र उपलब्धता
नोकिया C3 नर्डिक ब्लू (निलो) रगं र २/१६ जिबि कन्फिग्रेसनमा बजारमा उपलब्ध छ । यसको बजार मूल्य मात्र
रु. १२,४९९/– रहेको छ, जुन स्मार्टफोनको विशेषता हेरिकन निकै कम र उचित छ ।

prabhu mahalaxmi
kumari