stcnepal long ad
global ime bank long

सञ्चारकर्मीलाई कोरोनासम्बन्धी अभिमुखीकरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा कार्यरत २ सय सञ्चारकर्मीलाई कारोना महामारी सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।

महासंघले विश्व स्वास्थ्य संगठनको सहकार्यमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्वमा काठमाडौं उपत्यकामा भर्चुअल माध्यमबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कोभिड–१९ का स्वास्थ्यसँग सम्बन्धित पक्षहरु, वैज्ञानिक पक्ष र यसको रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा अभिमुखीकरण गरेको हो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अधिकृत डा. दीपेन्द्र गौतम, डा. मैइका भट्टचन, रोशन नेपालले कोरोना भाइरस संक्रमण हुन सक्ने अवस्था तथा सामाजिक सञ्जालमा आउने भ्रामक हल्ला तथा सञ्चार माध्यमले प्रकाशन तथा प्रसारण गरिरहेको सूचनाको अवस्थाका बारेमा प्रस्तुति राख्नुभएको थियो ।

अभिमुखीकरणमा विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरुले कोरोना भाइरस, यसको रोकथाम तथा समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा प्रकाश पर्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालयका डा. समीरकुमार अधिकारी, विश्व स्वास्थ्य संगठन नेपाल शाखाका अधिकृत डा. राजन रायमाझी, डा. विनोद गुप्ता, राहुल प्रधान, डा. केदार मरहठ्ठा, डा. निराजन भुसाल लगायतका वक्ताले सहभागीबाट आएका कोभिड–१९ सँग सम्बन्धित जिज्ञाशाको जवाफ दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले अभिमुखीकरण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कोरोना महामारीले सृजना गरेको संकटको घडीमा पत्रकारहरुलाई सुरक्षित भएर कार्यक्षेत्रमा काम गर्न आग्रह गर्नुभयो ।

विष्टले प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाका लागि महासंघ प्रतिबद्ध रहेको भन्दै सामूहिकरुपमा आएका चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका सहजकर्ता एवम् महासंघका सचिव प्रकाश थापाले महासंघले जारी गरेको कोरोना निर्देशिका सबै सञ्चारकर्मी र सञ्चारमाध्यमले पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो । थापाले अभिमुखीकरणको पहिलो चरणमा उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा गरिएको र छिट्टै महासंघका अन्य प्रदेशहरुमा पनि समेटर अभिमुखीकरण कार्यक्रम गरिने बताउनुभयो ।

IME Lifesidebar
kumari