stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

प्रहरी कार्यालयमा महानिरीक्षको फोटो नराखिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी ) आएसँगै देशभरको प्रहरी कार्यालयहरुमा फोटो झुन्डयाउने परम्पराको अन्त्य हुने भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आईजीपीको फोटो झुन्ड्याउने परम्परा तोड्नु भएको छ ।
आईजीपी परिवर्तन भएसँगै परम्पराका रुपमा सबै प्रहरी कार्यालहरुमा आईजीपीको फोटो झुन्डयाउने प्रचलन रहेको थियो ।

तर, आईजीपी थापाले प्रहरी कार्यालयहरुमा आफ्नो फोटो झुन्ड्याउन सर्कुलर जारी नगरेसँगै फोटो झुन्डयाउने विगत लामो समयदेखिको परम्परा हटेको छ । यसअघि आईजीपीको तस्वीर उनीहरुको कार्यकालभर देशभरका प्रहरी कार्यालय प्रमुखको कोठामा राखिँदै आएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक कार्यालयहरुमा आईजीपीको फोटो राख्न परिपत्र नभएको बताउनुभयो । कडायतले भन्नुभयो–‘कानुनी हिसाबमा आईजीपीको फोटो राख्नुपर्छ भन्ने प्रावधान विगतमा पनि थिएन, परम्पराको हिसाबमा राखिँदै आएको थियो, यसपटक आईजीपीको फोटो राख्न भनिएको छैन् ।’ यसअघि आईजीपीको सचिवालयबाट कुन साइजको तस्वीर राख्ने भनेर परिपत्र नै जारी हुने गरेको थियो ।

त्यसै गरी आईजीपी थापा क्षेत्रीले आफ्नो सुरक्षामा खटिने पछुवा गाडी समेत नलिने निर्णय गर्नुभएको छ । विगतमा नेपाल प्रहरीको वेबसाइटमा आईजीपीको विस्तृत परिचय सहितको विवरण राखिने गरेको भए पनि यसपटक आईजीपी थापा क्षेत्रीको बारेमा जन्म मिति, जन्मस्थान, प्रहरी संगठनमा प्रवेश गरेको मिति र अध्ययनको बारेमा संक्षिप्त जानकारी मात्र उल्लेख गरिएको छ ।

प्रहरीले वेबसाइटमा बाहेक कुनै पनि कार्यालयमा अब महानिरीक्षक थापा क्षेत्रको फोटो नराख्ने भएको छ । विगतमा सूचना र प्रविधिको विकास भइनसकेको अवस्थामा आईजीपीलाई चिनाउन हरेक प्रहरी कार्यालयको प्रमुखको कक्षमा फोटो राखिने गरे पनि अहिले सामाजिक सञ्जालदेखि विभिन्न प्रविधिमार्फत आईजीपीकोे बारेमा जानकारी हुने भएकाले फोटो राख्ने प्रचलन हटाइएको प्रहरीले बताएको छ ।

प्रवक्ता कडायतका अनुसार हाल देशभर २ हजार ७ सय ३१ वटा प्रहरी कार्यालय र युनिट रहेका छन् । प्रहरी संगठनमा पहिलोपटक आईजीपीको फोटो नराख्ने निर्णय भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

prabhu mahalaxmi
kumari