stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वागमतीको भौतिक पूर्वाधार मन्त्रीमा फुयाँल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंः वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर नियुक्त भएका छन् । तत्कालीन भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मन्त्री बिहिन रहेको थियो ।
मन्त्री बिहिन मन्त्रालय मुख्यमन्त्रीले नै हेर्नुभएको थियो । प्रधानमन्त्री केपी ओलीसँग केही दिन अघि भेटेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका मुख्यमन्त्री पौडेलले बुधबार नयाँ मन्त्री नियुक्त गरेका हुन् । काठमाडौंको क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका फुयाँल नेकपा केन्द्रीय सदस्य तथा हाल प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक समेत हुन् ।
नवनियुक्त फुयाँलको आजै अपराह्न ४ बजे सपथ ग्रहण कार्यक्रम तय भएको वागमती प्रदेश मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

prabhu mahalaxmi
kumari