macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हातहतियार सहित पक्राउ तथा बरामद

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । २९ माघ   स्याङ्जा, हरिनास गाउँपालिका ६ गैरा खोलाका नारायण मानन्धरलाई १ थान पेस्तोल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले मानन्धरको घरमा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली, मरिण गाउँपालिका ३ नक्कलेस्थित जंगलबाट १ नाल लोड भएको भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको गस्ती प्रहरीलाई देखेर १ जना मानिस भागेकोले लखेट्दै जाने क्रममा उक्त बन्दुक फेला पारी बरामद गरेको छ । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२९ माघ २०७६, बुधवार १३:५१ बजे प्रकाशित

NTA long ad