stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

अवैध लागूऔषध सहित पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं, २९ माघ  नवलपरासी (पूर्व), कावासोती नगरपालिका ८ पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनरागन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र आई.पि.पि.एल.५० एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख ३०२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार काठमाडौं महानगरपालिका २३ का रवि राई र दोलखा भिमेश्वर नगरपालिका ११ का सुमन सुबेदीको साथमा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका १६ चालिसकिलो जंगलस्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनरागन ३ सय २८ एम्पुल, डाईजेपाम ३ सय २८ एम्पुल र नोर्फन ३ सय २८ एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.४६ प ३४८७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार काठमाडौं महानगरपालिका २३ का दिपक थापा र चितवन भरतपुर महानगरपालिका ४ का कृष्ण कडेललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ ।
यस्तै भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटोबाट सिन्धुपाल्चोक यमुनाडाँडा गाउँपालिकाका राम कुमार खड्का लगायत ३ जनालाई नाईट्रोजेपाम ३ सय ३० ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

prabhu mahalaxmi
kumari