citizens life insurance long ad
stcnepal long ad

कास्कीमा निषेधाज्ञा खुकुलो

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी निषधाज्ञालाई कास्कीमा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रजिअ ढकालका अनुसार शनिबारदेखि जोर गते जोर नम्बर भएका सवारी साधन र बिजोर बार बिजोर नम्बर भएका सवारी साधन बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म सडकमा गुड्न पाउने छन् । विद्यालय लगायतका शैक्षिक संस्था, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्विमीङ पुल, ब्यूटी पार्लर, शैलुन लगायतका सेवा तथा स्थलहरु भने सञ्चालन अनुमति दिइएको छैन ।

समुदायस्तरमा सङक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले कास्कीमा यही भदौ ३ गतेदेखि सात गतेसम्म र पुनः दोस्रोपल्ट आजसम्म निषेधाज्ञा जारी गरेको थियो ।

IME Life
kumari