citizens life insurance long ad
stcnepal long ad

शिक्षक महासंघमा पदलाेलुप

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । नेपाल शिक्षक महासंघका अध्यक्ष बावुराम थापा अवकाश भैसकेपछि पनि अध्यक्ष पद त्याग गरेका छैन । पद लाेलुपपन देखाएर अध्यक्ष मै टासिरहेर महासंघ भित्र विवाद उत्पन्न गराई रहेका छन। महासंघ भित्रकाे विवाद समाधान गर्न निम्न उपाय अपनाउन सकिन्छ ।
१) नेपाल शिक्षक महासङ्घका तात्कालिन अध्यक्ष आदरणीय वावुराम थापाकाे गत चैत्र मसान्तमा ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकास भएकाे तथ्य सत्य हाे ।
२) तत् पश्चात उहाँ निवृत शिक्षक हुनु भयाे। सङ्गै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनकाे सदस्य पनि रहनु भएन।
३) के पूर्व शिक्षकहरुले पेशागत सङ्गठकाे नेतृत्व गर्ने आवश्यकता हाे त ? अरु याेग्य शिक्षकहरु हुनुहुन्न र ?
४ ) नेपाल शिक्षक सङ्घले गाेल्डेन ह्यण्डसेकवाट अवकास लिनु भएका सयाैं शिक्षकहरुलाई उहाँहरु वाहाल रहेकाे शिक्षक सङ्घ/ महासङ्घकाे केन्द्र देखि स्थानिय तह सम्मका तात्कालिका सवै पदहरुवाट कार्यअधिकार नरहने गरि विदाई गरेकाे विषय अन्य घटक संस्थहरु /आम शिक्षकहरुले वुझ्न जरुरी छ ।
५) राष्ट्रिय परिषदकाे माईन्युटमा अध्यक्ष मण्डलकाे सर्वसम्मतिमा विधान संसाेधन गर्ने भन्ने वाक्यांस उल्लेखित छ। त्याे वाक्यांसकाे हक सवै परिषद सदस्यसग रहेकाे छ। त्यसकाे वर्खिलाप गर्न अध्यक्ष मण्डलहरुकाे अधिकार हुदैन। जुन अहिलेकाे मुख्य विषय रहेकाेछ।
६) नेपाल शिक्षक सङ्घ वावुराम थापाप्रति अनुदार हाेईन ,किनकि उसले आफ्नै सङ्गठनका उहाँ जस्ता सयाैं साथीहरुलाई पेशा अन्त्य सगै कार्यअधिकार पनि अन्त्य गरिसकेकाे छ।
७)आदरणीय वावुराम थापा सरले वर्तमान अवस्थामा आफू पधासिन हुने गरि गर्नु भएका प्रयत्नहरुले उहाँले कमाएकाे अलङ्कारहरुकाे संरक्षण गर्न नसकेकाे अनुभुति भएकाे छ। उहाले उच्च नैतिकता देखाउनु नै श्रेष्ककर रहन्छ।
८) शिक्षकका घटक संस्थाका राष्ट्रिय नेताहरुकाे समस्या समाधान भन्दा पनि पक्ष/विपक्षा उभिएर पक्षिकरणका विज्ञप्तिमा हस्ताक्षर गर्नु नेतृत्वकाे दुरदर्शिता नभएकाे देखिन्छ । घटक संस्थाले टिका लाएर दक्षिण स्वरुप पद साेपान गर्ने प्रणाली पनि महासंघकाे एउटा राेग हुन गएकाे छ।
९) सके सम्म केन्द्रिय घटक संस्थाका अध्यक्ष र महासचिवहरुकाे मिटिङ वसेर यसकाे अविलम्व समाधान खाेज्नुहाेस् ।नभए राष्ट्रिय परिषद भेला मार्फत टुङ्गाे लाउने निर्णय गरियाेस्।
१०) देशका विद्यालय शिक्षाका तमाम पेशागत समस्याहरु यथास्थितिमा रहनु र काेराेनावाट सृजित विद्यालय पठनपाठनका समस्याहरु अत्यन्त चिन्ताजनक अवस्थामा छ। ईतिहासकाे सघीन घडिमा देशभरका शिक्षकहरु मुख दर्शक मात्र भएका छन ।
IME Life
kumari