stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समाज लघुवित्तको ८० लाख रुपैयाँको शेयरमा एक अर्ब १९ करोड बढिको आवेदन आजबाट आवेदन बन्द

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजबाट आवेदन बन्द भएको समाज लघुवित्त वित्तीय संस्थामा एक अर्ब १९ करोड भन्दा बढिले आवेदन दिएका छन् ।

सिद्धार्थ क्यापिटलबाट प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार कूल पाँच लाख ६३ हजार आवेदकले एक अर्ब १९ करोड रुपैयाँ भन्दा बढिको आवेदन भरेका छन् ।

कतिपयले बैंकबाट समेत भरेकाले बैंकहरुको तथ्याङ्क अध्यावधिक गर्दा सो संख्यामा अझै थप हुनेछ । प्रारम्भिक विवरण अनुसार मागको १४७ गुणा बढि आवेदन परेको छ ।

उक्त शेयर गोलाप्रथाको माध्यमबाट भरेका मध्ये जम्मा ८ हजार ७० जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउने छन् । बाँकी सबैको रकम फिर्ता हुनेछ ।

यही साउन ४ आवेदन खुल्ला गरेकोमा आज बन्द हुँदा सो मात्रामा आवेदन भरेका हुन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कूल ८० हजार ७०० कित्ता शेयरको लागि आवेदन खुल्ला गरिएको थियो ।

prabhu mahalaxmi
kumari