citizens life insurance long ad

२ महिनामा निर्जीवन बीमकको व्यवसाय पौने १० अर्ब

कुन कम्पनीको कति ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को दुई महिना (भदौ महिना) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले शुक्रबार (आज) सार्वजनिक गरेको तथ्यांकअनसार १४ बीमा कम्पनीहरूले ४ लाख ८२ हजार ६२७ वटा बीमा पोलिसी बिक्री गरी कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

भदौसम्ममा सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) अगाडि रहेको छ । उक्त कम्पनीले दुई महिनामा १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

दोस्रो धेरै व्यवसाय आर्जन गर्ने शिखर इन्स्योरेन्सले कम्पनीले १ अर्ब ४ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ९७ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, दुई महिनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ९६ करोड १७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इनस्योरेन्स कम्पनीले ८९ करोड ५२ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ८२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ७४ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले ७० करोड ६९ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ६१ करोड ७२ लाख रुपैयाँ, नेपाल यनस्योरेन्स कम्पनीले ४३ करोड २७ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ४२ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छन् ।

त्यसैगरी, नेशनल इन्स्योरेन्सले ४१ करोड १५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनीले ३४ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

IME Lifesidebar
kumari