citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

जस्मिन हाइजिन प्रोडक्ट्सले आईपीओ निष्कासन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । जस्मिन हाइजिन प्रोडक्ट्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन आगामी पुस १ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार साधारणसभा बुधबार दिउँसो ४ बजे मोरङको विराटनगरस्थित कम्पनीको सभाहलमा बस्नेछ।

सभामा सार्वजनिक शेयर निष्कासन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पेस हुनेछ।

त्यस्तै आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, वासलात तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने, सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छन्।

साथै सञ्चालक समिति गठन गर्ने तथा नियामक निकायबाट आवश्यक संशोधन वा निर्देशन आएमा सोहीअनुसार प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पेस हुनेछ।

IME Life
kumari