citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

फेरि बढ्यो अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पुनः वृद्धि देखिएको छ। मंगलबार नोभेम्बर २४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६४५.२९ अमेरिकी डलर पुगेको छ।

अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य ०.४ प्रतिशतले बढेको समाचार संस्था रोयटर्सले जनाएको छ।

गत साता सुनको मूल्यमा आएको तीव्र गिरावटपछि सस्तो मूल्यमा सुन खरिद गर्ने लगानीकर्ता बजारमा फर्किएसँगै मूल्यमा सुधार देखिएको हो।

रोयटर्सका अनुसार अमेरिकी मुद्रास्फीतिसम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक हुनुअघि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन्।

बुधबार सार्वजनिक हुने अमेरिकी व्यक्तिगत उपभोग खर्च सम्बन्धी तथ्यांकले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आगामी ब्याजदर नीतिबारे थप संकेत दिने अपेक्षा गरिएको छ।

अमेरिकामा ब्याजदर बढ्ने सम्भावनाले सुनको मूल्यमा दबाब सिर्जना गर्न सक्छ। किनभने सुनबाट ब्याज प्राप्त हुँदैन।

त्यसैले ब्याजदर बढ्दा लगानीकर्ताहरू अन्य ब्याज दिने लगानीतर्फ आकर्षित हुन सक्छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्यतया अमेरिकी डलर औंसमा मापन गरिन्छ। एक औंस बराबर करिब ३१.१०३५ ग्राम हुन्छ।

IME Life
kumari