citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

विश्व लगानी सप्ताह २०२६ अन्तर्गत नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । विश्वव्यापी रूपमा मनाइने विश्व लगानी सप्ताह २०२६ को अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गोंगबु, काठमाडौं स्थित चेतना महिला माध्यमिक विद्यालयमा अध्ययनरत महिला प्रौढ विद्यार्थीहरूका लागि “वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ ।

महिलाहरूको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच तथा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालयका पचास भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

विभिन्न उमेर समूहका महिलाहरू सहभागी रहेको कार्यक्रममा बचत, व्यक्तिगत वित्तीय व्यवस्थापन, दीर्घकालीन लगानी, नेपालको पुँजी बजार, डिम्याट खाता, मेरो शेयर, तथा प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ) सम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो ।

विश्व लगानी सप्ताह २०२६ अन्तर्गत आयोजित यस कार्यक्रमले महिलाहरूमा वित्तीय ज्ञान तथा लगानी संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

कार्यक्रमको सहजीकरण नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका संस्थागत परामर्श प्रमुख, श्री अरुण श्रेष्ठ ले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक श्रीमती शान्ता पण्डित, विद्यालयकी सह-प्रधानाध्यापक श्रीमती उर्मिला प्रधान, व्यवस्थापन पक्षका अन्य प्रतिनिधिहरू तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका लगानी प्रमुख,  उत्सव तुलाधर को उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक श्रीमती शान्ता पण्डित ले विभिन्न पुस्ताका महिलाहरूलाई लक्षित गरी प्रदान गरिएको वित्तीय शिक्षाले सहभागीहरूमा आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडप्रति आभार व्यक्त गर्नुभयो ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रतिनिधिहरूले वित्तीय रूपमा सचेत र सक्षम नागरिक निर्माणका लागि वित्तीय साक्षरता अपरिहार्य रहेको उल्लेख गर्दै विशेषगरी महिलाहरूलाई औपचारिक वित्तीय प्रणाली तथा पुँजी बजारसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराउनुभयो ।

चेतना महिला माध्यमिक विद्यालय, गोंगबु, काठमाडौं, ले विगत २२ वर्षभन्दा बढी समयदेखि विभिन्न पुस्ताका महिलाहरूलाई कक्षा १ देखि १० सम्म निरन्तर शिक्षा प्रदान गर्दै आएको छ ।

विद्यालयबाट एस.ई.ई. उत्तीर्ण गरेका महिलाहरू स्थानीय तहका नेतृत्व, उद्यमी, स्वास्थ्यकर्मी तथा अन्य विभिन्न पेशा व्यवसायमा आबद्ध भई आत्मनिर्भर र समाजमा प्रतिष्ठित नागरिकका रूपमा स्थापित भएका छन् ।

हाल विद्यालयमा १६० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने दैनिक रूपमा करिब १२० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

IME Life
kumari