citizens life insurance long ad

सूर्यकुण्ड हाइड्रोको २० औं साधारणसभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २०औं  साधारणसभा सम्पन्न भएको छ  साधारण सभाले पाँच जना सञ्चालक चयन गरेको छ ।

शुक्रबार कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक सेयरधनी समूहबाट तीन जना, सर्वसाधारण सेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक चयन गरेको हो ।

साधारण सभाबाट संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्दै सञ्जीव न्यौपाने, सिर्जना खड्का र द्वारिकाप्रसाद न्यौपाने निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् ।

त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट सुशान्त तिमल्सिना र स्वतन्त्र सञ्चालकमा लोकराज जोशी चयन भएका छन् । साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साथै लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पनि स्वीकृत गरेको छ ।

त्यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै उनको पारिश्रमिकसमेत निर्धारण गरेको छ ।

IME Lifesidebar
kumari