उपत्यकाका समुदायमा कोरोना संक्रमण फैलियो भने नियन्त्रण गर्न सकिदैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं । काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । उपतयकामा दैनिक एक सय भन्दा बढी कोरोनाका बिरामीहरु थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलियो भने नियन्त्रण गर्न नसकिने बताएका छन् ।
कोरोनाको दैनिक प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता गौतमले भने, ‘हामीले धेरै पटक भनिरहेका छौँ, काठमाडौंमा कोरोना संक्रमणको दर बढीरहेको छ । उपत्यकाको जनसंख्या झण्डै ५० लाख छ । यहाँ कोरोना संक्रमण समुदाय स्तरमा पुग्यो भने यसलाई कन्ट्रोल गर्न सकिदैन ।’
उनले थपे, ‘मैले भेला, सम्मेलन, जुलुस नगर्न समेत सचेत गराएको थिए । यसको राम्रसँग पालना नभएको हुनाले, जनसंख्याको मापदण्ड फलो नगरेको, अत्यावश्यक काम पर्दा पनि घर बाहिर निस्किएको, मास्क नलगाएको, साबुन पानीले हात नधुएको र सेनिटाइजरको प्रयोग नगरेकोले संक्रमणको दर बढेको छ । ’
प्रवक्ता गौतमले जनसंख्याको मापदण्ड फलो गर्न समेत सचेत गराए । साथै, उनले आज काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएका छन् ।



























