५ लाख बढीको आवेदन रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लाईफले सर्वसाधारणको लागि यही भाद्र ४ गतेदेखि जारी गरेको आइपीओमा आज आइतबारसम्म पाँच लाख भन्दा बढीले आवेदन दिएका छन् ।
कूल ५६ लाख ७० हजार कित्ताको लागि आवेदन माग गरेकोमा आज आइतबार अपरान्ह ४ः०० बजेसम्म कूल पाँच लाख ३ हजार ८ सय २ जना आवेदकहरुले आवेदन दिएको सानिमा क्यापिटलले जनाएको छ ।
आईपिओ खुल्ला भएको तेस्रो दिन आज आईतबार अपरान्ह ४ बजेसम्म दुई करोड चार लाख १४ हजार १९० कित्ता शेयरमा आवेदन परेको छ । आईपिओको हालसम्म २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँको आवेदन परेको हो ।



























