stcnepal long ad
ime life insurance
national life
global ime bank long

कार्यकाल एक वर्ष पनि पूरा नभई विशेष अदालतमा अध्यक्ष फेरिँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । कार्यकाल एक वर्ष पनि पूरा नभई विशेष अदालतमा अध्यक्ष फेरिने भएको छ । न्याय परिषद्को परामर्शमा २०८२ भदौ १३ मा अध्यक्ष नियुक्त हुनुभएका सुदर्शनदेव भट्टको सरुवा भई वासुदेव आचार्यलाई अध्यक्ष तोक्न परिषद्ले परामर्श दिएको छ । परिषद्को बिहीबारको बैठकले आचार्यलाई विशेषको अध्यक्ष तोक्न परामर्श दिने निर्णय गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा दरबन्दी रहेका आचार्यलाई उच्च अदालत तुलसीपुरमा सरुवा गरी विशेषमा अध्यक्ष तोक्न परामर्श दिइएको हो ।

विशेषको अध्यक्ष परिषद्को परामर्शमा मन्त्रीपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ । विशेषमा सदस्य रहनुभएका नारायणप्रसाद पौडेललाई यथावत् राखिएको छ ।

IME Lifesidebar
kumari