आज सुनचाँदीको भाउमा भारी वृद्धि
काठमाडौं । लगातार घटिरहेको सुन चाँदीको भाउ आज भने बढेको छ । हिजो उच्च गिरावट आएको सुन- चाँदीको मूल्यमा आज जेठ २९ गते भने भारी वृद्धि भएको छ ।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४८ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।



























